५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

बालिका बलात्कार मुद्दाका फरार अपराधी नौ वर्षपछि पक्राउ



खोटाङ-बालिका बलात्कार घटनाका फरार अभियुक्तलाई खोटाङ प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको साकेला गाउँपालिका २ रतन्छाका ३६ वर्षीय नरदेश राई रहेका छन् ।

आइतबार पक्राउ परेका राईलाई सोमबार कैद सजाय भुक्तानका लागि जिल्ला अदालतको आदेश अनुसार कारागार चलान गरिएको छ । सुस्त मनस्थितिकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको मुद्दामा राईलाई अदालतले दोषी ठहर गरेको थियो ।

प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार बालिका बलात्कार मुद्दामा राईलाई अदालतले १३ वर्ष कैद सजाय तोकेको छ । २०७२ माघ १८ गते राति उनले बालिकालाई बलात्कार गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार ००:००  ९ : ४२ बजे