११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

सशस्त्र प्रहरीको शनिश्चरे बेसद्वारा अवैध रूपमा भित्र्याइएको कपडा बरामद



बिर्तामोड-सीमावर्ती क्षेत्रबाट हुने अवैध आयात नियन्त्रणका लागि सक्रियता बढाएको सशस्त्र प्रहरीले शनिबार बिर्तामोडको महानन्द चोकबाट कपडा बरामद गरेको छ । अवैध आयातकर्ताको अवराेधका बीच प्रहरीले कपडा बरामद गरेको हो ।

भारतबाट भन्सार छलेर अवैध रूपमा भित्र्याइएको लत्ता कपडा सशस्त्र प्रहरी बल सुरक्षा वेस शनिश्चरेकाे प्रहरी टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरीका डीएसपी दिव्यराज कोइरालाको कमाण्डमा खटिएको टोलीले उक्त कपडा बरामद गरेको दुई नम्बर गण हेड क्वाटरले जनाएको छ ।

काँकडभिट्टाबाट बिर्तामोडतर्फ आएका विभिन्न सवारी चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छलेर कपडा ल्याएको फेला परेको थियो । चेक जाँचका क्रममा दुई लाख ५० हजार मूल्य बराबरको कपडा बरामद भएको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले बताए ।

अवैध रुपमा भित्र्याइएका कपडा मेची भन्सार कार्यालयमा बुझाउने तयारी भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार ००:००  ७ : ५८ बजे