१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

कोशी प्रदेशमा कांग्रेस र राप्रपाद्वारा बजेटमाथिको छलफल बहिष्कार



विराटनगर-कोशी प्रदेशको बजेटमाथिको छलफल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले बहिष्कार गरेका छन् । बुधबारको बैठकमा आर्थिक विधेयकमाथि छलफल गर्ने कार्यसूची राखिएको थियो ।

विनियोजित बजेट अव्यवहारिक भएको जनाउँदै दुई दलले बैठक बहिष्कार गरेका हुन् । ती दलको बहिष्कारपछि बिहिबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री र मन्त्रीहरूको क्षेत्रमा मात्रै बजेट सिमित भएको जनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ र राप्रपाकी सांसद सबिना बजगाईंले उठेर आपत्ति प्रकट गरेका थिए ।

प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीका अनुसार सत्तापक्ष र प्रतिपक्षबीच सदन चलाउने विषयमा सहमति नभएपछि व्यवहारसम्मका लागि बैठक स्थगित भएको हो।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ००:००  ८ : १८ बजे