बिर्तामोड– निर्माण कार्यमा ढिलाई भएको जनाउँदै स्थानीयबासीले मङ्गलबार दिउँसो बिर्तामोड शनिश्चरे सडक अवरुद्ध गरेका छन् । सडकमा बाँस र ड्रम तेर्स्याएर स्थानीयले आवागमन अवरुद्ध पारेका हुन् ।
सडक निर्माणका लागि प्रवीण मैनाचुली शान्तिले ठेक्का पाएको थियो । तर, निर्माण कम्पनीले सर्त अनुसार सडक निर्माण नगरेको स्थानीय बताउँछन् ।
१५ करोड ६० लाख रुपैयाँमा ठेक्का लागेको उक्त सडकको ६. २ किलोमिटर सडक निर्माण हुन बाँकी छ । यो सडक जेठ ९ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण हुनुपर्ने थियो ।














