२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

पाँचथरमा विस्फोट : घाइते बालिकाको मृत्यु



झापा-पाँचथरमा बिहीबार दिउँसो भएको विस्फोटमा परी घाइते भएकामध्ये एकजना बालिकाको मृत्यु भएको छ । पाँचथरबाट झापाको बिर्तामोड ल्याउँदै गर्दा बाटैमा दुई वर्षीया बालिका प्रिन्सा साँवाको मृत्यु भएको हो ।

विस्फोटमा ११ वर्षीय दिप्सन साँवा गम्भीर घाइते भएका छन् । जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि उनलाई पनि बिर्तामोड स्थित बीएण्डसी हस्पिटल भर्ना गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार ००:००  ६ : ४७ बजे