काठमाडौँ-राप्रपा नेपाल बद्लिँदाे राजनीतिक परिस्थितिमा समान विचारधारा भएका दल तथा समूहसँग एकता गर्ने निष्कर्षमा पुगेको छ । शुक्रबार र शनिबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले एकता सम्भव नभए सहकार्य वा मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीका अनुसार विचार मिल्ने दल र समूहसँग एकता गर्ने निर्णय बैठकले गरेको छ । बैठकले आगामी वर्षको मङ्सिर दोस्रो साता महाधिवेशन गर्ने निर्णय गरेको अधिकारीले बताए ।
बैठकले आगामी चैतदेखि जनसंघर्ष सुरु गर्ने निर्णय पनि गरेको प्रवक्ता अधिकारीले जानकारी दिए । राप्रपा नेपालले सरकारले हालै जारी गरेको सहकारी सम्बन्धी अध्यादेश अपुरो रहेको पनि निष्कर्ष निकालेको छ ।
















