१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

दुधेमा नेत्रहीन सङ्घको चौथो स्थापना दिवस



बिर्तामोड-नेपाल आदिवासी जनजाति नेत्रहीन सङ्घ झापा जिल्ला कार्य समितिले पूर्व उपाध्यक्ष नरेन्द्रकुमार म्याङ्वाेलाई सम्मान गरेको छ । बुधबार दुधेमा आयोजित कार्यक्रमका बीच सम्मान गरिएको हो ।

संघले चौथो स्थापना दिवसका अवसरमा कार्यक्रम आयोजना गरेको थियो । संस्थाका अध्यक्ष भोजराज तामाङले योगदानको कदरस्वरूप सम्मान गरिएको बताए । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले कार्यक्रम उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा दृष्टिविहीनले आ-आफ्नै समस्या राखेका छन् । सङ्घका कोषाध्यक्ष अविरल लिम्बू सरकारले रातो कार्डको व्यवस्था गर्नुपर्ने बताउँछन् । उनले बजारमा गीत गाएर पेट पाल्नुपर्ने बाध्यात्मक अवस्था अन्त्यका लागि माग गरे।

उपप्रमुख कार्कीले दृष्टिविहीनको यकिन तथ्याङ्क नभएका कारण उनीहरूका लागि ठोस कार्यक्रम ल्याउन नसकिएको बताइन् । यद्यपि उनले तथ्याङ्क सङ्कलनमा लाग्ने बताएकी छन् ।

स्थापना दिवसको अवसर पारेर इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मानविकी संकाय तेस्रो वर्षमा अध्ययनरत दृष्टिविहीन सुरेश लिम्बूलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

पाथिभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष घनेन्द्र तुम्बाफोले नगद ९ हजार छात्रवृत्ति प्रदान गरेका हुन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार ००:००  १० : १७ बजे