८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

ताप्लेजुङ गोल्डकप : सिराहा सेमिफाइनलमा



ताप्लेजुङ-लाखे जात्राका अवसरमा आयोजित ताप्लेजुङ गोल्डकपमा सलहेस युवा क्लव सिराहा सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलबार पाँचथर फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सिराहा सेमिफाइनलमा पुगेको हो ।

लाखे जात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगितामा आठवटा टोली सहभागी छन् । सिराहाले भदौ ६ गते काठमाडौँ र झापाबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५५५ रुपैयाँ सहित ट्रफी प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार ००:००  ९ : ४१ बजे