१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

नेकपा एकीकृत समाजवादीमा जान तयार भए गौतम



झापा– पूर्व एमाले नेता बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा जाने भएका छन् । वरिष्ठ नेताको जिम्मेवारी स्वीकार गर्दै गौतम नेकपा एसमा जान लागेका हुन् ।

नेकपा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका गौतम प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग संवादमा थिए ।

तेस्रो वरियतामा रहने गरी नेकपा एसले गौतमलाई स्वागत गर्ने तयारी गरेको छ । सम्मानित नेता झलनाथ खनालपछि गौतमको वरियता कायम हुनेछ ।

नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका गौतम नेकपा एससँग औपचारिक वार्तापछि वरिष्ठ उपाध्यक्ष बन्न तयार भएका हुन् ।

गौतमसँगै उनीसँग रहेका नेता कार्यकर्ता नेकपा एसमा जानेछन् । उनीहरूको कार्यविभाजन र जिम्मेवारीका विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार ००:००  ८ : ५९ बजे