२ असार २०८२, सोमबार | Tue Jun 17 2025

स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र



झापा-स्नातक तहका सबै परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा प्रश्नपत्र प्रकाशन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणाली अनुसार नेपाली र अङ्ग्रेजी भाषामा प्रश्नपत्र प्रकाशन गर्ने भएको हो ।

आगामी वर्षदेखि नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र प्रकाशित गर्ने गरी तयारी भइरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताइन् । यसअघि स्नातक र स्नातकोत्तर तहका सबै परीक्षामा अङ्ग्रेजी माध्यमबाट प्रश्न सोधिने गरेको थियो ।

पठनपाठन नेपालीमा भए पनि प्रश्नपत्र अङ्ग्रेजीमा सोधिने गरेको भन्दै चौतर्फी विरोध हुँदै आएकोमा सरकारले विद्यार्थीको सहजताका लागि दुवै भाषामा प्रश्नपत्र प्रकाशन गर्ने निर्णय गरेको हो ।

शिक्षामन्त्री भट्टराईका अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि यो नियम लागु हुनेछ । शिक्षा, मानविकी, व्यवस्थापन र कानुन संकायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार हुनेछन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार ००:००  ८ : ४८ बजे