बिर्तामोड-झापाको कनकाईमा भएको गौहत्याको घटना सेलाउन नपाउँदै अर्जुनधारामा पनि अर्को घटना भएको छ । अर्जुनधारा-५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गाई काटिरहेको अवस्थामा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ५० वर्षीय राम तामाङ र सन्त तामाङ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । गएराति पौने १० बजे उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
यसअघि मङ्गलबार कनकाई नगरपालिका-३ मा गौहत्याको घटना भएको थियो । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दुई महिलासहित ४ जनालाई पक्राउ गरिसकेको छ ।