बिर्तामोड-बिर्तामोड राउन्ड टेबल २७ को अध्यक्षमा मनोज गोयल सर्वसम्मत चयन भएका छन् । सातौँ वार्षिक साधारणसभाले गोयलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।
साधारण सभाले उपाध्यक्षमा विकास अग्रवाल, सचिवमा दीपक मित्तल र कोषाध्यक्षमा रमण गोयललाई सर्वसम्मत चयन गरेको छ । राउन्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष नितेश अग्रवालको प्रमुख आतिथ्यमा नयाँ नेतृत्व छानिएको हो ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि अग्रवालले सामाजिक उत्तरदायित्वको काममा राउन्ड टेबलले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताए । उनले आगामी दिनमा समेत सामाजिक हितका कामलाई निरन्तरता दिइने उल्लेख गरे ।
राउन्ड टेबलका सदस्य अमन मिण्डाको संयोजकत्वमा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गोयलले यसवर्ष शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्वको कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि निरज चौधरीको अध्यक्षतामा बिर्तामोड राउन्ड टेबल २७ सञ्चालन भएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष विवेक गुप्ता, सदस्यहरू सञ्जीव घिमिरे र नवीन अग्रवाललाई सम्मान गरिएको छ ।