काठमाडौँ– सरकारले गाँजामाथिको प्रतिबन्ध हटाउने तयारी भइरहेको जनाएको छ । प्रतिनिधि सभा अन्तर्गत कृषि सहकारी र प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेले यस्तो बताएका हुन् ।
शुक्रबारको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र गाँजा सम्बन्धी नियमावली ल्याउने बताएका हुन् । उनले नियमावली आएपछि गाँजा खेती खुला हुने बताए ।
समितिको बैठकमा सभापति आरजु राणा देउवाले भदौसम्म गाँजा खुला गर्ने नियमावली ल्याउन मन्त्रालयलाई निर्देशन दिएकी छन् ।


















