झापा-बिएण्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिने सरकारी निर्णय विरुद्ध डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने घोषणा गरेका छन् ।
सर्वोच्च अदालतको आदेश पुनरावलोकन नभए अनसन बस्ने डाक्टर केसीको चेतावनी छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै डाक्टर केसीले माग पूरा नभए असार १४ गतेदेखि सत्याग्रह सुरु गर्ने बताएका हुन् ।
सर्वोच्च अदालतको फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रिया सुरु गर्न चिकित्सा शिक्षा आयोगलाई डाक्टर केसीले अनुरोध समेत गरेका छन् ।


















