हेटौँडा-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शासकीय स्वरूपको व्यवस्था परिवर्तनका लागि मेची महाकाली अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।
मकवानपुरको थाहा नगरपालिकामा शनिबार आयोजित योङ कम्युनिस्ट लिग वाइसिएलको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीका लागि देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने बताए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिना गरेर जनतालाई राहत दिएको सुनाए ।
दोस्रोपटक उज्यालो नेपालको अवधारणा अनुसार विद्युत् भार कटौती गरेको अध्यक्ष प्रचण्डको दाबी छ ।