३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

पत्रकारले स्वतन्त्र भएर कलम चलाउनुपर्छ : मन्त्री कार्की



बिर्तामोड-कोशी प्रदेश सरकारका खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले स्वतन्त्र भएर कलम चलाउन झापाले पत्रकारलाई आग्रह गरेका छन् ।

साझामञ्च डटकमको ११ औँ स्थापना दिवसको अवसरमा बुधबार बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।

मन्त्री कार्कीले पत्रकार जुनसुकै विचारधाराको भए पनि सूचना सम्प्रेषणमा भने निष्पक्ष र स्वतन्त्र हुनुपर्ने धारणा व्यक्त गरे । मन्त्री कार्कीले निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्ने बेला आएको बताउँदै बहस सुरु भएको उल्लेख गरे ।

‘प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीका विषयमा बहस भइरहेको छ’, मन्त्र कार्कीले भने, ‘संविधान ढुङ्गाको अक्षर होइन । साझा सहमतिको दस्तावेज भएका कारण यसमा आवश्यकता अनुसार हेरफेर र संशोधन हुन सक्छ ।’

सरकारलाई मितव्ययी बनाउनका लागि समेत स्थानीय तहको पुनरसंरचना आवश्यक भइसकेको मन्त्री कार्कीले बताए । आवश्यकता अनुसार स्थानीय तहलाई फराकिलो बनाउँदै लैजानुपर्नेमा उनले जोड दिएका छन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासङ्घ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका छन् ।

साझामञ्च मिडिया प्रालिका उपाध्यक्ष खड्गप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य सुवास भट्टराईले स्वागत गरेका थिए । कार्यकारी प्रमुख एवम् साझामञ्च अनलाइनका सम्पादक गोपाल काफ्लेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार ००:००  ८ : ३९ बजे