झापा-कोशी प्रदेश सरकारले नि:सन्तान दम्पत्तिका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत प्रदेश सरकारले विभिन्न चारवटा अस्पतालबाट निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।
झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल, उदयपुर, धनकुटा र संखुवासभा जिल्ला अस्पतालबाट निःशुल्क सेवा सुरु हुने प्रदेश सरकारले जनाएको छ ।
ती अस्पतालबाट सेवाको सुनिश्चितताका लागि प्रदेश सरकारले १ करोड १० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ ।