२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

केर्खामा बसको ठक्करबाट हजुरबा नातिनीको मृत्यु



बिर्तामोड-झापाको कमल गाउँपालिकास्थित केर्खा बजारमा आज साँझ प्रदेश १-०१-००१ ख ४३३१ नम्बरको बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका ३ सानो केर्खाका ६० वर्षीय टेकबहादुर लिम्बू र नाम नखुलेकी नौ वर्षकी नातिनी रहेका छन् । साइकलमा सवार दुई जनाको घटनास्थलमा मृत्यु भएको स्थानीयले जनाएका हुन् ।

पूर्व पश्चिम राजमार्गमा भएको उक्त घटनापछि यातायात अवरुद्ध भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनापछि प्रहरीले बसचालक झापा शिवगञ्जका ३२ वर्षीय विशाल ठटाललाई नियन्त्रणमा लिएको छ । उनी प्रहरी चौकी केर्खाको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार ००:००  ६ : २९ बजे