१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

माघ दोस्रो सातादेखि सहिद स्मारक बी डिभिजन लिग



झापा-अखिल नेपाल फुटबल सङ्घ एन्फाले माघ दोस्रो सातादेखि सहिद स्मारक बी डिभिजन लिग आयोजना गर्ने भएको छ । एन्फाले लिगको मिति बिहिबार सार्वजनिक गरेको हो ।

मिति सार्वजनिक गर्नु अघि एन्फा पदाधिकारी तथा बी डिभिजन क्लबका पदाधिकारीहरूको बैठक बसेको थियो । बैठकले आगामी माघ १३ गतेबाट बी डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको हो ।

एन्फाले मङ्सिर २१ गतेसम्म क्लब दर्ता गर्ने समय पनि निर्धारण गरेको छ । बी डिभिजन लिग तीन वर्षपछि हुन लागेको हो ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार ००:००  ८ : ०६ बजे