२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

इलाममा पिकअप दुर्घटना हुँदा घिमिरेको मृत्यु



इलाम-इलामको सन्दकपुर गाउँपालिका ५ जमुनामा बिहीबार राति भएको पिकअप दुर्घटनामा बरबोटेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका ५ का २३ वर्षीय तोया घिमिरे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

जमुनाको सापकोटा गाउँस्थित भित्री सडकमा प्र. १–०३–००१ च ००६९ नम्बरको पिकअप दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका घिमिरेलाई उपचारका लागि झापा लैजाँदै गर्दा मृत्यु भएको डीएसपी प्रकाश जवेगुले बताए ।

प्रहरीका अनुसार बिब्ल्याँटेबाट जमुनातर्फ जाँदै गरेको पिकअप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा इलाम नगरपालिका ४ का २० वर्षीय चालक अभिषेक तिवारी घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार ००:००  ८ : ०८ बजे