१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

डीआइजी अधिकारी आएपछि पुनः सुरु भयो ‘प्रदेश प्रहरीसँग प्रमुख’ कार्यक्रम



झापा-कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश प्रहरीसँग प्रमुख कार्यक्रम पुनः सञ्चालन गरेको छ । यसअघि प्राविधिक कारण देखाउँदै कार्यक्रम स्थगित भएको थियो ।

प्रदेश प्रहरीमा नयाँ डीआइजी आएसँगै प्रदेश प्रहरीसँग प्रमुख कार्यक्रम सञ्चालनमा आएको हो । दुई साताअघि प्रदेश प्रहरीको कमाण्ड सम्हाल्न डीआइजी राजन अधिकारी कोशी आएका छन् ।

डीआइजी अधिकारीकै अग्रसरतामा यो कार्यक्रमले फेरि निरन्तरता पाएको छ । सोमबार अधिकारीले टेलिफोन संवाद मार्फत प्रहरी कर्मचारीको पीरमर्का र गुनासो सुनेका छन् ।

टेलिफोनमार्फत मातहतका प्रहरी कर्मचारीको गुनासो सुन्ने, उनीहरूका समस्या समाधानका लागि पहल गर्ने र उनीहरूलाई प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

प्रदेश प्रहरीसँग प्रमुख हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार ००:००  ७ : १३ बजे