काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले लगातार पाँच दिनसम्म प्रयास गर्दा पनि भेट नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ । उसले सार्वजनिक रूपमै गुनासो व्यक्त गरेको हो ।
देशको चौथो ठूलो राजनीतिक शक्तिलाई प्रधानमन्त्री ओलीले उपेक्षा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले आपत्ति जनाएका छन् । कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको मागपत्र लिएर प्रधानमन्त्रीलाई भेट्न खोजिएको बताए ।
पाँच मिनेट समय लिएर आफ्ना माग सुनाउन खोज्दा समेत नपाएको जनाउँदै कार्यवाहक प्रवक्ता झाले बरु विभिन्न कार्यक्रममा गएर प्रधानमन्त्री ओलीले आफूहरुलाई खिसी ट्युरी गरेको बताए ।