झापा-अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका दुई बङ्गलादेशी नागरिकलाई सशस्त्र प्रहरीले नेपाल भारत सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट सतीघट्टाबाट खटिएको टोलीले बुधबार दुईजना बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकामा २२ वर्षीय अब्दुल रहमान र २५ वर्षीय रियाद हुसेन रहेका छन् । अवैध रूपमा नेपाल प्रवेश गर्न लागेको थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
उनीहरूको साथमा कुनै पनि परिचयपत्र तथा नेपाल प्रवेश गर्ने अनुमति सम्बन्धी कागज नभेटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज बिष्टले बताए ।
पक्राउ परेका बङ्गलादेशी नागरिकका साथमा बङ्गलादेशी टाँका १५०० र दुई थान मोबाइल फेला परेको छ । उनीहरूलाई नियन्त्रणमा लिएर अध्यागमन कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।