१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

पश्चिम बंगालको कोइला खानीमा विस्फोट : सात जनाको मृत्यु



झापा-भारतको पश्चिम बङ्गाल राज्यको एउटा कोइला खानीमा सोमबार भएको विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ । घटनामा धेरै घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन लाेडिङका लागि आएको डेटोनेटर सहितको ट्रक विस्फोट भएको हो । प्रहरीका अनुसार विस्फोटको कारण भने खुल्न सकेको छैन । घटनास्थल राजधानी कोलकाताबाट २१७ किलोमिटर उत्तर पश्चिममा पर्छ ।

प्रहरी अधिकारीहरूका भनाइमा सुरुमा पाँच जनाको मृत्यु भएको थियो । दुई जना मृतकको सङ्ख्या पछि थपिएको हो । घटनामा घाइते भएकालाई तुरुन्तै अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार ००:००  ८ : ४५ बजे