१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

बिर्तामोडमा १७४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण



बिर्तामोड-बिर्तामोड नगरपालिकाले १७४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । शिविर आयोजना गरी नगरपालिकाले कुकुरको बन्ध्याकरण गरेको हो । बिहीबार र शुक्रबार शिविर सञ्चालन भएको छ ।

शिविरमा नगरका सबै वडाबाट कुकुर संकलन गरिएको कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक सङ्गीता शिवाले बताइन् । नगरपालिकाले २०७५ सालदेखि हरेक वर्ष सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ ।

नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सामुदायिक कुकुरको संख्या घटाउन बन्ध्याकरण शिविर प्रभावकारी देखिएको बताए ।

शिविर समापन कार्यक्रममा प्राविधिक सहयोग उपलव्ध गराउने हाम्रो भेटेरिनरी सहकारी संस्था बिर्तामोड र संलग्न सर्जन डाक्टरलाई प्रशंसा पत्रसमेत प्रदान गरिएको छ ।

सहकारी संस्थाका अध्यक्ष डाक्टर दिलिप सापकोटा, सर्जन डाक्टर सिजन सैंजु र निसा सञ्जेललाई प्रशंसा पत्र प्रदान गरिएको हो ।

बन्ध्याकरणसँगै कुकुरलाई रेबिजविरुद्धको खोप पनि लगाइएको नगरका पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख डा. नगेन्द्र खड्काले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ००:००  ८ : ३९ बजे