तेह्रथुम-नेकपा एमाले तेह्रथुमको अध्यक्षमा शिवप्रसाद ढुङ्गाना निर्वाचित हुनु भएको छ । अध्यक्षका अर्का प्रत्यासी गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै ढुङ्गाना निर्वाचित हुनुभएको हो ।
ढुङ्गानाले २२६ मत प्राप्त गरिरहँदा श्रेष्ठले २०४ मत पाउनु भएको छ । उपाध्यक्षमा सन्तोष तिगेला सर्वसम्मत चयन हुनुभएको छ भने सचिवमा श्रेष्ठ प्यानलका तारामान निर्वाचित हुनुभएको छ ।
मादेनले ढुङ्गाना प्यानलका छत्रप्रसाद रिमाललाई २६ मतान्तरले पराजित गर्नुभएको हो । खुला उपसचिवमा ढुङ्गाना प्यानलका यादवबहादुर खापुङ निर्वाचित हुनुभएको छ ।
महिला उपसचिवमा श्रेष्ठ प्यानलकी तारा ढकाल निर्वाचित हुनुभएको छ । ढकालले १७५ मत प्राप्त गर्नुभएको छ ।