२ असार २०८२, सोमबार | Tue Jun 17 2025

झापा गाउँपालिकाबाट दुई युवा ब्राउन सुगरसहित पक्राउ



बिर्तामोड-झापा गाउँपालिका-१ लसुना सीमा इलाकाबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । मंगलबार बेलुका पौने ८ बजे सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई समातेको हो ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका ७ का २५ वर्षीय सन्देश लिम्बु र ३६ वर्षीय पूर्णबहादुर लिम्बु छन् । भारतीय क्षेत्रबाट नेपाल आउँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरीकाे बोर्डर आउट पोष्ट टाघनडुब्बाले जनाएको छ ।

मे ५ प ७८ ४० नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरीले खान तलासी गरेको थियो । खानतलासीका क्रममा उनीहरूसँग नौ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर भेटिएको सशस्त्र प्रहरी बल दुई नम्बर गणका सूचना अधिकारी सुमन पोखरेलले बताए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार ००:००  ७ : ५१ बजे