१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

तीन ठूला सरकारी जलविद्युत् आयोजना सञ्चालनको अन्तिम तयारीमा



झापा-तीन ठूला सरकारी जलविद्युत् आयोजना सञ्चालनको अन्तिम तयारीमा छन् । आगामी महिनादेखि ती आयोजना सञ्चालनमा आउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

तीनवटा आयोजना एकसाथ सञ्चालनमा आउँदा राष्ट्रिय प्रसारण लाइनमा २५५.५ मेगावाट बिजुली जोडिनेछ । १०२ मेगावाटको मध्यभटेकोशी, १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजना सञ्चालनमा आउन लागेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले प्राधिकरणको सहायक कम्पनीले निर्माण गरेका तीनवटा परियोजना एक महिनाभित्र सञ्चालनमा आउने बताए ।

अहिले राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको विद्युत् करिब ३३ मेगावाट छ । यी तीनवटा आयोजना सञ्चालनमा आएपछि प्रसारण लाइनमा जडित क्षमता ३५५ मेगावाट भन्दा माथि हुन्छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार ००:००  ९ : ३९ बजे