९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

सहरी विकासका लागि झापालाई तीन अर्ब बजेट



झापा– सरकारले आगामी आर्थिक वर्षमा झापालाई तीन अर्ब रुपैयाँ भन्दाबढी बजेट उपलब्ध गराउने भएको छ । सहरी विकास मन्त्रालयबाट मात्रै झापाका लागि यति धेरै बजेट प्राप्त हुन लागेको हो ।

झापामा २२१ वटा विकास योजनाका लागि तीन अर्ब रुपैयाँ भन्दाबढी बजेट विनियोजन भएको छ । शहरी शासकीय क्षमता विकास कार्यक्रममार्फत झापाका स्थानीय तहले बजेट पाउन लागेका हुन् ।

मेचीनगर नगरपालिकाले सबैभन्दा धेरै ७० करोड रुपैयाँ सहरी अनुदान पाउन लागेको हो । विनियोजित बजेटअनुसार दमक नगरपालिकाले ३२ करोड ३२ लाख अनुदान पाउनेछ ।

शासकीय क्षमता विकास कार्यक्रममार्फत बिर्तामोडका लागि २८ करोड २६ लाख प्राप्त हुने जनाइएको छ । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेताहरूको जिल्ला भएका कारण पनि झापामा सहरी विकासको धेरै बजेट आउन लागेको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट प्रतिनिधित्व गर्छन् ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार ००:००  ९ : ०१ बजे