३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

कोशी प्रदेश सरकारको प्रवक्तामा राई



मोरङ-कोशी प्रदेश सरकारको प्रवक्तामा मन्त्री भूपेन्द्र राई चयन भएका छन् । बुधबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले राईलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

मन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । सरकारको प्रवक्ता समेत रहेका कानुनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएपछि सरकारले नयाँ प्रवक्ता तोकेको हो ।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकालाई कांग्रेसको नेतृत्व गर्दै कोशी प्रदेश सरकारमा सहभागी छन् । जापान भ्रमण गएको विषय विवादमा परेपछि अधिकारीले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ००:००  ८ : १३ बजे