५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा फास्ट ट्रयाककाे निरीक्षण : प्राविधिक टोलीसहित अर्थमन्त्री पनि साथमा



काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले रणनीतिक महत्वको बहुचर्चित काठमाडौं–निजगढ फाष्ट ट्रयाकको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री ओली सोमबार अर्थमन्त्री बिष्णु पौडेल, मुख्य सल्लाहकार बिष्णु रिमालसहित सरकारी टोली लिएर फाष्ट ट्र्याकको निरीक्षणमा गएका हुन् ।

फास्ट ट्रयाकको निर्माण नेपाली सेनाले गरिरहेको छ । मुख्य सल्लाहकार रिमालका अनुसार फास्ट ट्रयाकमा भइरहेको ढिलाईप्रति प्रधानमन्त्री ओलीको चासो छ ।

कामलाई तीब्रता दिएर समयभित्रै सम्पन्न गराउने चाहनासहित प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको फास्ट ट्र्याक निरीक्षण गरेको रिमालले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ००:००  १२ : ४४ बजे