२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

मेचीनगरमा असोज १२ गतेदेखि जिल्लास्तरीय फुटबल



झापा-झापाको मेचीनगरमा असोज १२ गतेदेखि जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । इट्टाभट्टा फुटबल क्लब मेचीनगर ८ ले प्रतियोगिता आयोजना गरेको हो ।

क्लबले बुधबार पत्रकार सम्मेलन प्रतियोगिताबारे जानकारी दिएको छ । प्रतियोगितामा आयोजकसहित जिल्लाका विभिन्न आठ चर्चित क्लबहरूले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा १५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उपाधि जित्ने टिमले १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार ००:००  ८ : ४८ बजे