झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । असोज ६ गते आइतवार प्रतिनिधि सभाको बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
अहिले नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र लोसपा सरकारमा छन् । सबै मन्त्रालयको भागबण्डा टुंगिएर २२ सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ । अन्य दलहरूले सरकारलाई समर्थन गर्ने–नगर्ने विषय अहिलेसम्म अन्योलमै छ ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।संसदका सबैभन्दा ठूला दुई दल मिलेकाले प्रधानमन्त्री ओलीसँग सुविधानजनक बहुमत छ ।


















