बिर्तामोड-झापाको अर्जुनधारामा शुक्रबार राति १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा ७ का सुनिल राजवंशी, सरोज राई, अनिश लिम्बु र केशवकुमार मगर रहेका छन् । शनिबार बिहान उनीहरूलाई घरैबाट पक्राउ गरिएको हो ।
थप तीनजना आरोपी फरार रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीका अनुसार पीडक मध्येका दुईजनाले शुक्रबार ती किशोरीलाई घुम्न जाने भन्दै घरबाट लगेका थिए ।
झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले पीडित किशोरीको मौखिक उजुरीका आधारमा आरोपीहरू पक्राउ परेको र लिखित उजुरीपछि थप प्रक्रिया अघि बढाइने बताए ।


















