६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

प्रतिनिधि सभाको बैठक : प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने



काठमाडौँ-प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी पहिलो संसद विधेयक २०८१ प्रस्तुत गर्नेछन् ।

सभामुखले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार ००:००  ७ : ३७ बजे