९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुङ्गो लगाउने तयारी, कार्यदलमा जुटेको सहमतिको प्रतिवेदन शीर्ष नेतालाई



काठमाडौँ-सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलका बीचमा भएको सहमति सहितको प्रतिवेदन शीर्ष तीन नेतालाई हस्तान्तरण गरिएको छ ।

कार्यदलले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी टीआरसी विधेयकका सम्बन्धमा एक साताअघि कार्यदलमा सहमति जुटेको थियो। उक्त सहमतिको प्रतिवेदन बुधबार हस्तान्तरण गरिएको हो।

द्वन्दकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषयमा दलहरूबीच सहमति जुटेपछि प्रतिवेदन हस्तान्तरण गरिएको छ ।

कार्यदलले मनसायपूर्वक गरिएको हत्यालाई मानव अधिकारको गम्भीर उल्लङ्घनका रुपमा लिने सहमति गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ००:००  १२ : ३२ बजे