७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

नेपाल महिला सङ्घ झापाद्वारा जिल्ला अधिवेशनको तयारी



बिर्तामोड-नेपाल महिला सङ्घ झापाले जिल्ला अधिवेशनको तयारी सुरु गरेको छ । केन्द्रीय समितिको निर्देशन बमोजिम झापामा महिला सङ्घको अधिवेशनको तयारी सुरु गरिएको हो ।

नेपाल महिला सङ्घ केन्द्रीय समितिले आगामी मंसिरसम्ममा सबै तहका अधिवेशन सक्न निर्देशन दिएको थियो । निर्देशन अनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको काम भइरहेको छ ।

सोमबार बसेको सङ्घको बैठकले कार्तिक १ गतेसम्म क्रियाशील सदस्यता नवीकरण र सदस्यता वितरण गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै कांग्रेस झापाका सभापति देउमान थेबेले समयमा अधिवेशन सक्न निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशीला ढकाल र गोमा भट्टराईको आतिथ्यमा गाउँ तथा नगर अध्यक्षको संयुक्त बैठक बसेको हो । बैठकमा क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले बोलेका थिए ।

नेपाल महिला सङ्घ झापाकी अध्यक्ष टीका सिटौलाको अध्यक्षतामा भएको बैठकको सहजीकरण गीता खरेलले गरेकी थिइन् ‌।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार ००:००  १० : ५० बजे