बिर्तामोड-नेकपा एमाले बिर्तामोड नगर कमिटीले असार १४ गते सबै वडाकाे वडा अधिवेशन गर्ने निर्णय गरेको छ ।
शनिवार बसेकाे एमाले नगर कमिटीकाे बैठकले एकैदिन वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।
नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले वडाकाे दाेस्राे वडा अधिवेशन एकैदिन आयाेजना हुने बताए ।
वडा अधिवेशन अगाडि २०८१ सालकाे पार्टी संगठित सदस्यकाे सदस्यता नवीकरण गर्ने कार्य सुरु गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।


















