३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएपछि पूर्वमन्त्री दीपक मनाङे फरार



झापा-गण्डकी प्रदेश सभाका सदस्य पूर्वमन्त्री दीपक मनाङे फरार भएका छन् । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उनी फरार भएका हुन् ।

सर्वोच्चको फैसला आए लगत्तै मनाङे सम्पर्कविहीन भएको प्रहरी अधिकारीले जनाएका छन् । मंगलबार सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा उनलाई दोषी ठहर गरेको थियो ।

सर्वोच्च अदालतमा आफू विरुद्धको मुद्दा विचाराधीन रहेकै अवस्थामा दुईपटक प्रदेश सभा सदस्य भएका मनाङे पटक-पटक मन्त्री समेत भएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ००:००  ८ : २८ बजे