१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

भारतीय प्रधानमन्त्री मोदीद्धारा राजीनामा




झापा– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका हुन् ।

राजीनामासँगै मोदीले मन्त्रिपरिषद् विघटन गर्न सिफारिस गरेका छन् । मोदी मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो ।

बैठकपछि मोदी राजीनामा बुझाउन राष्ट्रपति भवन पुगेका थिए । बहुमत जुटाउन सके मोदी फेरि प्रधानमन्त्री बन्ने सम्भावना छ । उनले जवाहरलाल नेहरूपछि तीन कार्यकाल प्रधानमन्त्री बनेर इतिहास रच्ने सम्भावना छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ००:००  ३ : २४ बजे