काठमाडौँ-नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज प्रस्तुत छ । केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने तयारीका साथ बैठक बस्न लागेको हो ।
बैठकले रिक्त केन्द्रीय समितिलाई पूर्णता दिने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले बताए । समाजवादीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त छन् ।
नेताहरूको योगदान, कार्यक्षमता लगायतका आधारमा पदाधिकारी छनोट गरिने जनाइएको छ । ३४४ केन्द्रीय कमिटी रहेको पार्टीमा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण बाँकी छ ।
पदाधिकारीका आकांक्षी धेरै भएपछि सातवटै प्रदेशबाट भूगोल क्षेत्र मिलाएर सन्तुलित ढङ्गले पदाधिकारी चयनका लागि मापदण्ड समे तय गर्ने जनाइएको छ ।














