१ असार २०८२, आइतबार | Sun Jun 15 2025

हल्दीबारीका ७२१ परिवारलाई विद्युतीय चुलो वितरण



हल्दीबारी-झापाको हल्दीबारी गाउँपालिकाले ७२१ परिवारलाई विद्युतीय चुलो वितरण गरेको छ । सोमबार आयोजित कार्यक्रमका बीच स्थानीयलाई विद्युतीय चुलो बाँडिएको हो ।

वडा नम्बर १ का ७२१ परिवारले विद्युतीय चुलो पाएको वडाध्यक्ष देवीबहादुर थापाले बताए । गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा चुलो बाँडिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लिङ्देनले चुलो वितरण कार्यक्रम गाउँपालिकाभरि लागू गरिने बताए । उनले ग्याँसको सट्टामा विद्युतीय चुलो प्रयोग गर्न अपिल गरेका छन् ।

अध्यक्ष थापाका अनुसार सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालसँगको सहकार्यमा स्थानीयलाई चुलो बाँडिएको हाे ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार ००:००  ७ : ०८ बजे