११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

एमाले उपाध्यक्ष पोखरेल नेतृत्वको टोली चीन जाँदै



झापा-प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा एउटा जम्बो टोली चीन भ्रमणमा जाने भएको छ ।

उपाध्यक्ष पोखरेलको नेतृत्वमा मङ्गलबार १५ जनाको टोली चीन भ्रमणमा जाने तय भएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले गरेको निमन्त्रणामा एमाले नेताहरूको टोली चीन जान लागेको छ ।

उपाध्यक्ष पोखरेलको सचिवालयका अनुसार सेकेन्ड ग्लोबल साउथ थिङ्क ट्याङ्क फाेरममा सहभागी हुन उनी चीन जान लागेका हुन् । एउटा सत्रको प्रमुख वक्ताका रूपमा उपाध्यक्ष पोखरेल रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार ००:००  ९ : ०१ बजे