झापा-नेपाली फिल्म पूर्णबहादुरको सारङ्गीले १० दिनमा १८ करोडको व्यापार गरेको छ । एकै दिनमा सर्वाधिक कमाई गर्ने नेपाली फिल्मको कीर्तिमान चलचित्रले काम गरेको हो ।
पूर्णबहादुरको सारङ्गीले अहिलेसम्मको सर्वाधिक सो पाउने नेपाली फिल्मको समेत कीर्तिमान रचेको छ । दर्शकको मागलाई ध्यानमा राखेर कतिपय हलले मध्यरातमा समेत फिल्म चलाएका छन् ।
सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनेता विजय बराल मुख्य भूमिकामा छन् । फिल्म हेरेर धेरै दर्शक रोएका छन् ।
फिल्ममा भिजेका साथमा प्रकाश सपुत, अञ्जना बराइली, बुद्धि तामाङ, भोलाराज सापकोटा, मुकुन भुसाल लगायतको अभिनय रहेको छ ।