९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

मन्त्री क्वाटरमा आगलागी !



हेटौँडा-मकवानपुरको हेटौँडामा एकजना मन्त्रीको क्वाटरमा आगलागी भएको छ । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वार्टरमा आगलागी भएको हो ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर नौमा रहेको मन्त्री क्वार्टरमा विद्युत् सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीबाट इन्भर्टर पावर बक्स कार्पेट वाइफाइ राउटर लगायतमा क्षति भएको छ । तत्काल आगो नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार ००:००  ९ : ०३ बजे