९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

विचार मिल्ने पार्टी र समूहसँग एकता गर्ने माओवादी केन्द्रको प्रस्ताव



काठमाडौँ-नेकपा माओवादी केन्द्रले विचार मिल्ने पार्टी र समूहसँग एकता गर्ने प्रस्ताव गरेको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा यस्तो प्रस्ताव आएको हो ।

माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै स्कूलिङ र विचार मिल्ने पार्टी तथा समूहसँग एकता गर्न उच्चस्तरीय एकता संवाद समिति बनाउने प्रस्ताव गरेका छन् ।

यसअघि पर्याप्त गृहकार्य नगरी पार्टी एकता गर्दा अपेक्षाकृत परिणाम नआएको र पार्टी जीवन असहज भएको निष्कर्ष बैठकले निकालेको छ ।

प्रचण्डले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीसँग एकता गर्न चाहिरहेका छन् । त्यसैको पृष्ठभूमिमा अध्यक्ष प्रचण्डको प्रस्ताव आएको हुन सक्ने माओवादी केन्द्रका नेताहरूको अनुमान छ ।

प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि एकताको पहल गर्ने प्रस्ताव अगाडि सारेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले क्रान्तिकारी शक्तिसँग एकता गर्ने विषयमा अध्यक्षको राजनीतिक प्रतिवेदन आएको बताए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार ००:००  ९ : ५० बजे