२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

अलैँचीले पायो एकदशक यताकै उच्च मूल्य : प्रतिमन १ लाख रूपैयाँमा कारोबार



झापा-नेपालको कृषिजन्य उत्पादन अलैँचीको मूल्य प्रतिमन करिब १ लाख हाराहारीमा पुगेको छ । एक दशकपछि अलैँचीको मूल्य उच्च बिन्दुमा पुगेको हो ।

एक दशकअघि १ लाख २० हजार रुपैयाँ सम्ममा कारोबार भएको अलैँचीको मूल्य घटेर प्रतिमन २० हजार रुपैयाँमा सीमित भएको थियो ।

नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराईले सिजनको सुरुवातमै अलैँचीको मूल्य प्रति मन ९५ हजारदेखि १ लाखसम्म पुगेको बताए ।

‘यो एक दशकपछिको बढी मूल्य हो । यसले किसानमा उत्साह थपेको छ’, महासङ्घका अध्यक्ष भट्टराईले भने, ‘यसपटक अलैँचीको मूल्य घट्ने भन्दा पनि बढ्ने देखिन्छ।’

भारत र भुटानमा उत्पादन घटेका कारण नेपाली अलैँचीले भाउ पाएको अध्यक्ष भट्टराई बताउँछन् । मूल्य बढे पनि अलैँचीको उत्पादन भने घट्ने अनुमान गरिएको छ ।

गतवर्ष पनि अलैँचीको उत्पादन ५० प्रतिशतले घटेको थियो । नेपालका ५३ जिल्लामा अलैँची खेती विस्तार भएको छ । नेपालमा उत्पादित अलैँचीको मुख्य बजार भारत हो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार ००:००  ७ : ५९ बजे