१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

एमालेको सचिवालय बैठक बस्दै : नेताहरूको कार्य विभाजन गर्ने तयारी



झापा-सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आगामी बिहिबार बस्ने गरी तय भएको छ । च्यासलस्थित पार्टी मुख्य कार्यालयमा बस्ने गरी बैठकको मिति तय भएको हो ।

सचिवालय बैठकले केन्द्रीय नेताहरूको कार्य विभाजन गर्ने नेकपा एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए । यसअघि असार २६ गते बसेको सचिवालय बैठकले केन्द्रीय नेताको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो ।

बैठकपछि कार्य विभाजन सम्बन्धी मापदण्ड बनाइएको छ ‌। उक्त मापदण्डका आधारमा सचिवालय बैठकले केन्द्रीय नेताको कार्यविभाजन गर्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ००:००  ४ : ०८ बजे