झापा-मन्टेश्वरी शिक्षकका लागि आयोजित दुई दिने क्षमता अभिबृद्धि तालिम शनिवार सकिएको छ । बिर्तामोडस्थित लिङ्कन मन्टेश्वरी स्कूलको आयोजनामा तालिम भएको हो ।
मन्टेश्वरी शिक्षिक शिक्षिकाको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले बताए । तालिममा बिर्तामोडेसहित कन्काईका गरी पाँचवटा विद्यालयका शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
तालिममा बिर्तामोडको लिङ्कन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदि र कनकाईको फक्तालुङ विद्यालयका मन्टेश्वरी शिक्षिका सहभागी थिए । उनीहरुलाई जनक पराजुली र मिश्रा अधिकारीले प्रशिक्षण दिएका हुन् ।