९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

महिला उद्यमी संघकाे प्राथमिकतामा डिजिटल मार्केटिङ



बिर्तामोड-महिला उद्यमी सङ्घ झापाले डिजिटल प्रविधिको प्रयोग गरी उत्पादनको बजारीकरणमा महिलाहरूलाई सघाउने नीति अगाडि सारेको छ ।

व्यावसायिक सीप तथा क्षमताको विकाससँगै उत्पादनको बजारीकरणका लागि संघले डिजिटल मार्केटिङलाई प्राथमिकतामा राखेको हाे ।

प्रविधिको प्रयोगमार्फत व्यवसायिक दायरालाई थप फराकिलो र व्यवस्थित बनाउने उद्देश्यले संघले डिजिटल मार्केटिङमा जोड दिएको अध्यक्ष सुष्मा भण्डारीले बताइन् ।

उद्यमी महिलाहरूलाई प्रविधिसँग जोड्दै लैजाने उद्देश्यले संघको आयोजनामा डिजिटल मार्केटिङ सम्बन्धी दुई दिने तालिम हालै बिर्तामोडमा आयोजना गरिएको छ ।

उद्यमशीलताको क्षेत्रमा जोडिएका ५० जना भन्दाबढी महिलाको सहभागितामा डिजिटल मार्केटिङ तालिम आयोजना गरिएको र त्यसले उत्पादनको बजारीकरणमा थप सहयोग पुग्ने अध्यक्ष भण्डारीको विश्वास छ ।

तालिममा बिमल राजवंशी, विकास कोइराला, साइमन बस्नेत र बासुदेव बाँस्तोलाले सहजीकरण गरेका छन् । सप्तकोशी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेलको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार ००:००  २ : ५२ बजे